नेप्सेमा चर्काे गिरावट, १२ उपसूचक राताम्मे

१९ कार्तिक २०८०, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१ दशमलब ४६ अंकले घटेर १८२६ दशमलब २३ विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै आज १२ वटा उपसूचकमा रातो पोतिएको छ भने होटल तथा पर्यटन उपसूचक ०.३८ प्रतिशतले बढेको छ ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक २.११ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक उपसूचक १.६४, बैंक उपसूचक १.५०, उत्पादन तथा प्रशोधन उपसूचक १.३२, निर्जीवन बीमा उपसूचक १.१८, इन्भेष्टमेन्ट उपसूचक १.१६, हाइड्रोपावर उपसूचक १.११, फाइनान्स उपसूचक १.०८ तथा म्युचुअल फण्ड उपसूचक १ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*