मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

१९ कार्तिक २०८०, आईतवार १७:५२

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ६ करोड ५६ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक १९ गते साँझ ५ः०७ बजेसम्म २७ हजार २०९ जनाले ६ लाख ५६ हजार ३०० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*