सोल्टी होटल र सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२० कार्तिक २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन राताम्मे भएको शेयर बजारमा आज २१ दशमलव ३० अंकले बढेर १८४७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै सोल्टी होटरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनिरल्सको पाँच करोड ६२ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको तीन करोड ७८ लाख रुपैयाँ, हिमालयन बैंकको प्रोमोटर शेयरकको तीन करोड बढी रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*