आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२० कार्तिक २०८०, सोमबार १५:१४

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से २१ अंकले बढेको छ । सोमबार नेप्से दोहोरो अंकले बढेतापनि ३२ कम्पनीहरुको शेयमूल्य घटेको छ ।

सोमबार लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ । दोस्रोमा विन नेपाल लघुवित्तको ३.९९ र तेस्रोमा एनआईसी एशिया लघुवित्तको ३.९१ प्रतिशतले शेयरमुल्य घटेको छ ।

त्यस्तै आज, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, माया खोला हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–२, सानिमा इक्विटी फण्ड, नारायणी विकास बैंक, सयपत्री हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*