भिजन लुम्बिनी उर्जाको आइपीओमा आज अन्तिम दिनसम्म जम्मा कति पर्यो आवेदन ?

२० कार्तिक २०८०, सोमबार १७:२६

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आज अन्तिम दिनसम्म ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*