एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ कार्तिक २०८०, मंगलवार ११:२३

काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई फन्डले लाभांश वितरण गर्न कात्तिक २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ, आज बुधबार मंगलबार (कात्तिक २२ गते) सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

एनआइसी एसिया ग्रोथ फन्डले (कर सहित) १०.५०% नगद लाभांश वितरण गर्दैछ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले (कर सहित) १०% नगद लाभांश वितरण गर्न लागेको हो । यी दुवै फन्डले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*