सागर डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

२१ कार्तिक २०८०, मंगलवार ११:४२

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आफ्नो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्त उक्त साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ । कम्पनीले प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा छलफल हुनेछ ।

यसका साथै, कम्पनीले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*