दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

२१ कार्तिक २०८०, मंगलवार १२:०३

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ।

विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोगसँग चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

कम्पनीले अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ । साधारणसभाबाट पारित गरेपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*