हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले कति पायो रेटिङ ?

२१ कार्तिक २०८०, मंगलवार १२:२४

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले इक्रा एनपी आइआर ए माइन रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो ।

यस प्रकारको रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागि पर्याप्त मात्रामा सुरक्षाको संकेत गर्दछ । यस्तो रेटिङ पाएको कम्पनीलाई दिइएको ऋण डुब्ने जोखिम तुलनात्मक रुपमा थोरै हुने गर्दछ ।

इक्रा नेपालले कम्पनीको वित्तीय विश्लेषण, बजार हिस्सा र भावी अवस्थालाईसमेत मूल्यांकन गरेर रेटिङ प्रदान गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*