राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

२१ कार्तिक २०८०, मंगलवार १३:४१

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ ।

विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

कम्पनीले अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ । साधारणसभाबाट पारित गरेपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ ।

rapti

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*