आइपीओ निष्काशन प्रस्तावसहित अल्फा क्यापिटलले बोलायो साधारण सभा

२१ कार्तिक २०८०, मंगलवार १४:०१

काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १२ गते द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरि बोलाएको हो ।

सभामा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गरिने तथा समान उद्देश्य भएका अन्य कम्पनी गाभ्ने सम्बन्धमा पनि छलफल गरिने एजेन्डा निर्धारण गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा तय गरिएको छ । साथै, आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरिने एजेण्डासमेत तयार गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*