दोहोरो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली

२१ कार्तिक २०८०, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेसँगै आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने निर्जीवन बीमा उपसूचक ०.१८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज, इन्भेष्टमेन्ट उपसूचक १.५१, अन्य उपसूचक १.३२, फाइनान्स उपसूचक १.२३ जीवन बीमा उपसूचक १.१७ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*