लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, कुनले कति कमाए ?

२१ कार्तिक २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो ।
मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७ दशमलव ३१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।

शेयर बजार बढेसँगै लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको शेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, सोनापुर मिनिरल्सको ५ प्रतिशत, सिटिजन लाइफको ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*