उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदकको ओइरो

२१ कार्तिक २०८०, मंगलवार १८:११

न्नति सहकार्य लघुवित्त को एफपीओमा पहिलो दिन नै १८।११ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको आजदेखि निष्काशन गरेको एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्।

उन्नति सहकार्य लघुवित्तको एफपीओमा ३२ लाख ३३ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर निष्काशन गरेको हो।

सो शेयरका लागि लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५।४५ प्रतिशत र सर्वसाधारणको २४।५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*