दुई म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन

२२ कार्तिक २०८०, बुधबार १०:०८

काठमाडौं । नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ । नेप्सेमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य समायोजन भएको हो ।

प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेमा एआईसी एशिया ग्रोथ फण्डको १०.५० र एनसआईसी एशिया ब्यालेन्स्ड फण्डको १० प्रतिशत नगद लाभांश समायोजन भएको हो ।

मूल्य समायोजन पछि एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य ८ रुपैयाँ ९५ पैसा कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ८ रुपैयाँ ३० पैसा इकार्यमूल्य कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन (मंगलबार) एनआईसी एशिया ग्रोथ फण्डको इकाई १० रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई ९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो ।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डले कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*