सपोर्ट लघुवित्तले गर्यो नगद लाभांश घोषणा

२२ कार्तिक २०८०, बुधबार १०:३७

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*