इमर्जिङ नेपालको लाभांश घोषणा

२२ कार्तिक २०८०, बुधबार १०:३२

काठमाडौं ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २१ बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) घोषणा गरेको हो ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८।४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*