तेह्रथुम पावर कम्पनीको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

२२ कार्तिक २०८०, बुधबार ११:३६

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।

समीक्षा अवधीमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ कमाएको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्यु्त विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा २१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा विद्युत विक्री बापत ५ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर ७ करोड रुपैयाँ पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ४० करोड रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा भने ११ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको खुद नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भई २७ रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*