नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ७८ करोडमै सिमित

२२ कार्तिक २०८०, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से सामान्य अंकले बढ्दा ८ उपसूचकहरुमा हरियाली छाएको छ भने ४ उपसूचकहरुमा रातो पोतिएको छ । आज बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, टे«डिङ र अन्य उपसूचक बढेका छन् ।

त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र निर्जीवन बीमा उपसूचक घटेका छन् भने म्युचुअल फण्ड उपसूचक आज ०.०० प्रतिशतमा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*