आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२२ कार्तिक २०८०, बुधबार १५:१६

काठमाडौं । बुधबार नेप्सेमा सामान्य अंकको सुधार आउँदा केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज ९३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ । दोस्रोमा साम्लिङ पावर कम्पनीको ५.५३ र तेस्रोमा एनआईसी एशिया ग्रोथ फण्डको शेयरमूल्य ४.९२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, इमर्जिङ नेपाल, मिथिला लघुवित्त, हिमालयन पावर पार्टनर, एशियन हाइड्रोपावर, एभरेष्ट बैंक लिमिटेड, आशा लघुवित्त र हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*