प्रभु क्यापिटलको संस्थापक शेयर लिलामीमा

२३ कार्तिक २०८०, बिहीबार १२:२५

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १८ हजार ७५८ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन भने प्रति शेयर न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक रुपमा मूल्य कबोल गरी मंसिर २७ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*