माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत

२३ कार्तिक २०८०, बिहीबार १३:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आज १ करोड कित्ता सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर एमएमकेजेएल स्टक टिकरमा कारोबार हुनेछ।

तिहार बिदा अघिको आज अन्तिम कारोबार दिन भएकोले कम्पनीको शेयर अब तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*