तिहार अघि घटेर बन्द भयो शेयर बजार, सबै उपसूचक राताम्मे

२३ कार्तिक २०८०, बिहीबार १५:०५

काठमाडौं । तिहार अघिको कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख बराबरको कारोबार भएको छ । शेयर बजार घटेसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ ।

आज अन्य उपसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ । दोस्रोमा फाइनान्स उपसूचक १.३१ र तेस्रोमा जीवन बीमा उपसूचक १.०३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*