दशैंमा ९ दिन बन्द भएको नेप्से तिहारमा १० दिन बन्द हुने

२३ कार्तिक २०८०, बिहीबार १४:०१

काठमाडौं । शेयर बजार परीसूचक नेप्से अन्तिम कारोबारदिन बिहीबार बन्द भएर एकैपल्ट १० दिनपछि खुल्ने भएको छ । बिहीबार साताको अन्तिम कारोबार दिन हो । आइतबारदेखि तिहार विदा रहेकाले शेयर बजारका लगानीबर्ताले कारोबारका लागि मंसिर ४ गतेसम्म कुर्नुपर्ने भएको छ ।

तिहार अर्थात यमपञ्चकको विदा कार्तिक ३० गतेसम्म छ भने मंसिर १ गते शुक्रबार भएका कारण शेयर कारोबार हुँदैन। ३ गते छठ पर्वको विदा छ भने ४ गतेदेखि मात्रै शेयर बजार खुल्ने बताइएको छ । बडा दशैंमा नेप्से ९ दिनपछि कारोबारमा फर्किएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*