आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२३ कार्तिक २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार शेयर बजारमा गिरावट आउँदा १७५ कम्पनीको शेयरमूल्य घटेको हो ।

आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ । दोस्रोमा एसबिआई बैंक लिमिटेडको शेयरमूल्य ६.४३ र तेस्रोमा माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.३७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज, बुद्ध भूमि नेपाल हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, सोनापुर मिनरल्स, सिटी होटल, ग्लोबल आईएमई लघुवित्त, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*