उन्नति सहकार्य लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म ५४ प्रतिशतको आवेदन

२३ कार्तिक २०८०, बिहीबार २१:०८

उन्नति सहकार्य लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म ५४।६३ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको एफपीओ खरिदका लागि ८ लाख ७१ हजार ३८४ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा उन्नति सहकार्य लघुवित्तको एफपीओमा ९७ लाख ४९ हजार ९१० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा ९७ करोड ४९ लाख ९१ हजार रूपैयाँको आवेदन परेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*