दुई कम्पनीको हकप्रद सेयर सूचीकृत

२४ कार्तिक २०८०, शुक्रबार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार अपि पावर लिमिटेड र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।

अपि पावरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद जारी गरेको थियो ।

त्यसैगरी, मल्टिपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकरण गरिएको हो । यो फाइनान्सले सेयरधनीलाई ३५ प्रतिशत हकप्रद जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*