हाथवेको आम्दानी घटेपनि खुद नाफा हजार गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

२७ कार्तिक २०८०, सोमबार १२:१५

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी घटेपनि खुद नाफा गत आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा एक हजार ५५८.४९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको यो कम्पनीले, चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४ पैसाबाट बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ अर्थात् किताबी मूल्य ८० रुपैयाँ २४ पैसा छ, भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा छ । एक अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चिति छ ।

यसैबीच, गत आर्थिक वर्षको तुलनामा यस कम्पनीको आम्दानी भने घटेको छ । हाथवेले असोज मसान्तसम्ममा २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सुरु तीन महिनामा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत ५४.१९ प्रतिशत घटेको छ भने कुल खर्च ७२.८५ प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*