कहिले आउँछ हिमालयन रिको आईपीओ ?

३० कार्तिक २०८०, बिहीबार १४:४३

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मंसिर ४ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन भएको छ । अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ । सोबाट कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड  रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*