शाइन रेसुङ्गाको बुक क्लोज भोलि, १०.५ प्रतिशत बोनस लिन आजै शेयर किन्नुपर्ने

१० मंसिर २०८०, आईतवार ०९:०४

काठमाडौं । शाइन रेसुंगा विकास बैंकको भोलि मंसिर १२ गते बुक क्लोज हुँदैछ । कम्पनीको १५ औं बार्षिक साधारणसभा यही मंसिर २३ गते हुँदैछ । उक्त साधारणसभाले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ ।

कम्पनीले यही मंसिर १२ गते बुक क्लो राखेकोले उक्त बार्षिक साधारणसभामा भाग लिन र १०.५० प्रतिशत बोनस शेयर पाउन बुक क्लोज हुनु अघि आजसम्म शेयर खरिद गरिसक्नुपर्नेछ ।
कम्पनीले आज साँझसम्म शेयर दर्ता किताबमा शेयरधनीको रुपमा दर्ता भएका लगानीकर्ताहरुलाई मात्रै बोनस वितरण गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*