सांग्रिला विकास बैंकको पाँच प्रतिशत बोनस शेयरका लागि भोलि बुक क्लोज हुँदै

१० मंसिर २०८०, आईतवार ०९:१४

काठमाडौं । ख बर्गको वित्तीय संस्था सांग्रिला विकास बैंकको १९ औं बार्षिक साधारणसभा र सो सभाले पास गर्ने पाँच प्रतिशत बोनस शेयरका लागि भोलि बुक क्लोज हुँदैछ ।

आगामी मंसिर २४ गते हुने बार्षिक साधारणसभाको लागि भोलि अर्थात मंसिर १२ गते बुक क्लोजको मिति तय गरिएको छ । सो आधारमा आजसम्म शेयर दर्ता किताबमा लगानीकर्ताको रुपमा रेडर्क कायम भएका लगानीकर्ताहरुले मात्रै उक्त बार्षिक साधारणसभामा भाग लिने र पाँच प्रतिशत बोनस शेयर तथा ०.२६ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश पाउन हकदार हुनेछन् ।

उक्त लाभांश पाउन र बार्षिक साधारणसभामा भाग लिन आज कारोबार बन्द हुनुअघि सम्म शेयर खरिद गरिसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*