नेप्से १९ सयको विन्दुमा उक्लियो, दुई अर्ब बढीको कारोबार

१० मंसिर २०८०, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ । पछिल्लो समय शेयर बजारको ओरालो यात्रा रोकीएर आज उत्साहजनक बृद्धि भएको हो ।

शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । अन्तत शेयर बजार फेरी १९ सयको बिन्दुमा उक्लिएको छ । नेप्सेमा कारोबार भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भई दुई अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै, धेरै समयपछि शेयर बजारका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँले सर्वाधिक करोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*