पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

१० मंसिर २०८०, आईतवार १५:२५

काठमाडौं । धेरै समयपछि बढेको शेयर बजारमा आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लागेसँगै शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँग छ्यांदी हाइड्रोपावर, भगवति हाइड्रोपावर, विजया लघुवित्त, स्वरोजगार लघुवित्त र रावा इनर्जि डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, मैलुङ्ग खोला जलविद्युत लगायत कुल २१४ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*