यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१० मंसिर २०८०, आईतवार १५:३६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि इन्फिनिटी लघुवित्तको शेयरमूल्य २.४७ प्रतिशतले घटेको छ । त्यस्तै, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को २.४७ प्रतिशत, आशा लघुवित्तको २.४४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, आत्मनिर्भर लघुवित्त लगायत कुल २३ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*