८८ सूचीकृत कम्पनी धितोपत्र बोर्डको कारवाहीमा (कम्पनीको नाम सहित)

नेपाल धितोपत्र बोर्डले कारवाहीमा परेका ८८ वटा सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको कार्तिक २० गतेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
बोर्डले ढिलो वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजारको दरले नगद जरिवाना गरेको थियो । त्यस्तै सो समयसम्म वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाखको दरले नगद जरिवाना गरेको थियो । यसबाट बोर्डलाई ५३ लाख ५० हजार आम्दानी हुने देखिन्छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ। धितोपत्र बोर्डले एकै पटक यदि धेरै सुचिकृत कम्पनीलाई कारवाही गरेको यो नै पहिलो पटक हो ।












