दोहोरो अंकले उकालो लाग्यो शेयर बजार, सबै सूचकमा हरियाली

२१ मंसिर २०८०, बिहीबार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन वुधबार नेप्से ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको थियो । बिहीबार ९५ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतिक्षामा रहेका लगानीकर्ताहरुमा आशाको सञ्चार प्रवाह भएसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सबै सूचकमा हरियाली छाएको छ । वधुबार ऋणात्मक देखिएका सेन्सेटिभ इन्डेक्स पनि बिहीबार १.५८ अंकले बढेको छ । उता, उपसूमहतर्फ व्यापार उपसूचक बोहेक सबैमा हरियाली छाएको छ ।

वुधबार सबैभन्दा बढी १२५.३० अंकले बढेर १०४२४.१७ विन्दुमा पुगेको जीवन बीमा उपसूचक बिहीबार सामान्य ८.८४ अंकले बढेर १०४३३.०२ विन्दुमा पुगेको छ । साताको कारोबार अन्तिम दिन सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको शेयर कारोबारमा उछाल आएको छ । निर्जीवन बीमातर्फको सूचक २०९.२४ अंकले बढेर १००८८.४१ विन्दुमा पुगेको छ ।

व्यापार उपसूचक भने १३.६५ अंकले घटेर २६८२.६२ विन्दुमा झरेको छ । वुधबार ऋणात्मक देखिएको वाणिज्य बैंक उपसूचक बिहीबार ६.९४ अंकले बढेर ११४०.४२ विन्दुमा पुगेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपूसूचकमा समेत दोहोरो अंकको वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*