सिद्धार्थ प्रिमियरको ५ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२२ मंसिर २०८०, शुक्रबार ०८:५५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

न्यूनतम मूल्य २२० रुपैयाँ प्रतिकित्ता तोकिएको उक्त शेयरमा आज (मंसिर २२ गते) देखि मंसिर २८ गतेसम्म शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोही व्यक्ती तथा संस्थाले गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिई ३५ दिने सूचना प्रकाशित गरिसकेको समेत जनाएको छ । खरिदकर्ताले गोप्य शिलबन्दी बोलपत्र एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौंमा पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*