घलेम्दी हाइड्रोपावरको हकप्रदमा आजसम्म कतिले दिए आवेदन ?

२२ मंसिर २०८०, शुक्रबार १८:०१

काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार ४१७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २२ गते साँझ ५ः०७ बजेसम्म १६ लाख ८२ हजार २४८ कित्ताका लागि आवेदन परेको हो । जस मार्फत १६ करोड ८२ लाख २४ हजार ८०० रुपैयाँ संकलन भएको छ ।

कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।

हकप्रदका लागि कात्तिक ३ गते बुक क्लोज गरेको हुँदा कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । जसमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*