चिलिमे हाइड्रोपावरको १५% लाभांश घोषणा, साधारण सभा पनि आह्वान

२४ मंसिर २०८०, आईतवार १०:५७

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांशसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २२ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस १० गते आह्वान गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) कुल १५ प्रतिशत लाभांश घोषणा गरको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*