रावा इनर्जिले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

२५ मंसिर २०८०, सोमबार ०९:०८

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले पुस १७ गते मंगलबार बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा दिउँसो १ बजे सभा बोलाएको हो।

लाभांश सम्बन्धी कुनै एजेण्डा नरहेको उक्त सभाले सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल तथा पारित गर्नेछ। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको यस कम्पनीको गत आव सम्मको बासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल तथा पारित गर्नेछ।

त्यस्तै, सभामा लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीबाट एकजना र संस्थापक शेयरधनीबाट एकजना संचालक निर्वाचन गर्ने एजेण्डा रहेको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गर्नेछ। अर्थात पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*