१५ मिनेटमा १ अर्ब बढी रुपैयाँको शेयर कारोबार

२५ मंसिर २०८०, सोमबार १२:२४

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन बजार खुलेको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएको छ । नेप्सेमा सोमबार कारोबार सुरु भएको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएको हो । सेयर बजारमा यति कम कारोबार समयमै १ अर्बको कारोबार भएको यो धेरैपछि हो ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर कारोबार स्थगित भएको थियो । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आइतबारलाई कारोबार बन्द भएको थियो । त्यसपछि सोमबार खुलेको बजारमा कारोबार सुरु भएको १५ मिनेटमै १ अर्बको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*