सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आइपीओ बिक्रि गर्न बोर्डसँग माग्यो अनुमति

२५ मंसिर २०८०, सोमबार १६:३७

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न लागेकोे हो ।कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।

बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०% घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । सोही आधारमा कायम भएको मूल्यमा आइपीओ बिक्री गर्न सर्वोत्तमले बोर्डसँग अनुमति मागेको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*