२५ प्रतिशत लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा आह्वान

२ पुष २०८०, सोमबार १२:२५

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले यस वर्ष कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको अधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रूपैयाँ रहेको छ ।

साविकको चुक्तापूँजी बृद्धि गरी ३ अर्ब कायम गर्ने र पूँजीबृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*