नेप्से ३८ अंकले बढ्दा झण्डै ७ अर्ब नजिकको कारोबार, माईक्रोफाइनान्स सेक्टरमा उछाल

२ पुष २०८०, सोमबार १५:१२

काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ।

आज नेप्से ३८।१४ अंकले बढेर २०६०।४९ को विन्दुमा कायम भएको छ।

३०५ सूचीकृत कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
हिजो उकालो लागेको हाईड्रोपावर उपसूचक आज ओरालो लागेको छ।

आज माईक्रोफाइनान्स सेक्टर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*