सात अर्बको कारोबार हुन एक बर्ष लाग्यो, निरन्तर उकालोतर्फ अघि बढ्दै शेयर बजार

४ पुष २०८०, बुधबार १७:२०

काठमाडौं । नेप्सेमा एक वर्षपछि ७ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । २०७९ पुस २६ गतेपछि आज ७ अर्बमाथिको सेयर किनबेच भएको हो ।एक वर्षअघि पुस २६ गते ७ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ७ अर्ब ९५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार परिसूचक नेप्से मंसिर २६ देखि लगातार उकालो लागिरहेको छ । मंसिर २६ यताका सात कारोबार दिनमा नेप्से १९३।३ अंकले उकालो लागेको हो ।

नेप्से बुधबार पनि उत्साहजनक ढंगले बढ्यो छ । होटल र निर्जीवन बीमाबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३५।३९ अंकले बढेर २१४१।८७ अंकमा उक्लिएको छ । होटल र निर्जीवन बीमा समूहका लगानीकर्ताले ‘प्रोफिट बुक’ गरेपछि ती समूह भने नकारात्मक बनेका छन् ।

उत्पादनमूलक समूह सबैभन्दा धेरै ७।१५ प्रतिशतले बढेको छ भने लगानी समूह ६।९२ र व्यापार समूह ६।२ प्रतिशतले बढेको छ ।

आज १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल ९बालाजु०, हिमालयन डिस्टिलरी, फर्वड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, लबर्टी इनर्जी, युनाइटेड आईडीआई मर्दी, बलेफी हाइड्रो, बीपीडब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रो र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*