अपर ताकाकोशी हाइड्रोपावरले शिलबन्दी बोलपत्रद्वारा डेढ करोड बढी हकप्रद शेयर विक्री गर्दै

५ पुष २०८०, बिहीबार ०९:५५

काठमाडौं । अपर ताकाकोशी हाइड्रोपावर लिमिटेडले शिलबन्दी बोलपत्रद्वारा हकप्रद शेयर विक्री गर्न लागेको छ । अपर तामाकोशीले पुस १३ गते शुक्रबारदेखि २९ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति तोकेको छ ।

यसअघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फ एक करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरका लागि आवेदन नपरेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम शेयर लिलाम बढाबढ गरी विक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

पुस २९ गतेभित्र नागरिक लगानी कोष नयाँ बानेश्वर काठमाडौं, सनराइज क्यापिटल लिमिटेड कमलपोखरी र लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालयहरु विराटनगर, धरान, विरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र चरिकोटमा आइपुग्ने गरी ईच्छुक व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*