सिक्लेस हाइड्रोपावरले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान

५ पुष २०८०, बिहीबार १०:०३

काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्ने मिति समेत तय गरेको छ। अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*