तीन कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला पहिलो कारोबार ?

५ पुष २०८०, बिहीबार १०:२५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि थप तीन कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ । आज अर्थात बिहीबारदेखि भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ दोस्रो बजारमा कारोबारमा आउन लागेको हो ।

बुधबार नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड ९१ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १२१।७८ रुपैयाँदेखि ३६५।३४ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

साथै, बुधबार नेप्सेमा चिरख्वा हाइड्रोपावर कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता आईपीओ सूचीकृत भएको थियो। कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १००।०१ रुपैयाँदेखि ३००।०३ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

नेप्सेमा नेपाल वेयरहाजिङ कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ६८ लाख ७५ हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९३।०४ रुपैयाँदेखि २७९।१२ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*