एचआईडिसिएलको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

५ पुष २०८०, बिहीबार १०:५७

काठमाडौं । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषाण गरेको छ । कम्पनीले उक्त लाभांश लगायतका प्रस्तावहरु पारित गर्नको लागि पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण पनि आह्वान गरेको हो ।

कम्पनीको पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेहाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

hydro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*