नेपाल वेयरहाउजिङ्गसहित तीन कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

५ पुष २०८०, बिहीबार ११:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि थप तीन कम्पनीको आईपीओ कारोबारमा आएको छ। आज अर्थात बिहीबारदेखि भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ दोस्रो बजारमा कारोबारमा आएको हो ।

यस दिन सो सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।

यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*